images
images

गोरखा :प्रधानमन्त्री निर्वाचन क्षेत्रमा कति पर्‍यो बजेट

गोरखा, १५ जेठ । गोरखा जिल्लाका ११ स्थानीय तहलाई सङ्घीय सरकारबाट रु ४ अर्ब ५८ करोड ३७ लाख बजेट विनियोजन भएको छ । जिल्लाका दुई नगरपालिका र नौ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०८० /८१ का लागि बजेट बाँडफाँट गरेको हो । जसमा गोरखा नगरपालिकालाई रु ६१ करोड ८१ लाखबजेट विनियोजन गरिएको जनाइएको छ ।

त्यस्तै पालुङटार नगरपालिकालाई कूल ५७ करोड २ लाख बजेट उल्लेख भएको गरिएको छ । जिल्लाका नौ पालिकामध्ये अजिरकोट गाउँपालिकाले रु ३१ करोड ६८ लाखसमपूरक बजेट प्राप्त गरेको छ ।

आरुघाट गाउँपालिकालाई ४० करोड ४२ लाख, गण्डकी गाउँपालिकाले ४४ करोड ६८ लाख बजेट प्राप्त गरको छ ।

धार्चे गाउँपालिकाले ३१ करोड २१ लाख प्राप्त गरेको छ। शहिद लखन गाउँपालिकाले ४३ करोड २० लाख बिनियोजन गरिएको छ।

जिल्लाको सबैभन्दा विकट गाउँपालिकाका रुपमा रहेको चुमनव्री गाउँपालिकालाई सबैभन्दा कम रु २० करोड ७७ लाख विनियोजन गरिएको छ ।

भीमसेन थापा गाउँपालिकाले रु ४० करोड १० लाख प्राप्त गरेको छ भने बारपाक सुलिकोट गाउँपालिकालाई रु ४० करोड ५९ लाख छुट्याइएको छ । त्यस्तै सिरानचोक गाउँपालिकाले ४६ करोड ८९ लाख रकम प्राप्त गरेको छ।

आर्थिक वर्ष २०८०/८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणमा गोरखाका स्थानीय तहलाई छुट्याइएको बजेट (समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान) :

गोरखा नगरपालिका : ६१ करोड ८१ लाख
पालुङ्गटार नगरपालिका : ५७ करोड २ लाख
अजिरकोट गाउँपालिका : ३१ करोड ६८ लाख
आरुघाट गाउँपालिका : ४० करोड ४२ लाख
गण्डकी गाउँपालिका : ४४ करोड ६८ लाख
चुमनुब्री गाउँपालिका : २० करोड ७७ लाख
धार्चे गाउँपालिका : ३१ करोड २१ लाख
भिमसेनथापा गाउँपालिका : ४० करोड १० लाख
शहिद लखन गाउँपालिका : ४३ करोड २० लाख
सिरानचोक गाउँपालिका : ४६ करोड ८९ लाख
वारपाक सुलिकोट गाउँपालिका : ४० करोड ५९ लाख

images
images
हुलाकी पत्र
images
SKIP THIS