images
images

श्रम सचिव अर्यालको बिदाई

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालको विदाई गरिएको छ  ।

मन्त्रालय आयोजित एक कार्यक्रम बिच सचिव अर्याललाई मन्त्रालय ,नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ तथा वैदेशिक नेपाल स्वास्थ्य व्यवसायी महासङ्घका पदाधिकारीले मायाको चिनो प्रदान गरेर विदाई गरिएको हो । 

बिदाई कार्यक्रममा बोल्दै सचिब अर्यालले ´इमान्दार भएर काम गर्दा कर्मचारीले कहीँ कतै शिर झुकाउनु नपर्ने ´बताएका हुन् ।

कतिपय कर्मचारीका कारण कर्मचारीतन्त्रलाई लज्जित बनाएको बताउँदै उनले रिफर्म जरुरी भएको र त्यसका लागि आफू तयारसमेत रहेको बताए । ‘अब रिफर्मको एजेन्डालाई अगाडी बढाउनु पर्छ’ उनले भने, ‘ब्यूरोक्रेसीको साख राख्न तपाईँहरूको साथ चाहिन्छ ।’

निजामतीमा मौलाउँदै गरेको चाकरी, चाप्लुसी तन्त्रप्रति इङ्गित गर्दै उनले अब काम गर्ने कर्मचारी गुम्सिएर बस्ने नभई आफ्नो कुरा भन्न सक्नुपर्ने बताए । इमान्दार कर्मचारीहरूले सुधारका लागि अलि कडै भएर आवाज उठाउनु पर्ने समय आएकोसमेत सचिव अर्यालको भनाई छ ।

सचिब अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ भने श्रममा राष्ट्रिय योजना आयोगका सचिव केबल भण्डारीलाई आउँदै  छन्।

 

images
images
हुलाकी पत्र
images
SKIP THIS