images
images

श्रमिकहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पु¥याउनका लागि मन्त्रालयले विभिन्न कामहरु अगाडि बढाएको :मन्त्री भण्डारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारी देश विकासको आधार भएको बताएका छन् ।  बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री भण्डारीले वर्तमान अवस्थामा देशको विकासको आधार वैदेशिक रोजगारी नै भएको बताएका हुन् ।  वैदेशिक रोजगारीमा जानु नेपालीको लागि बाध्यता भएको पनि मन्त्री भण्डारीको भनाइ छ ।

उनले देशको परिस्थिति, रोजगारको अवस्था, आर्थिक स्थिति र राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दीका कारण देशको विकासको आधार वैदेशिक रोजगारीलाई मान्नुपर्ने अवस्था रहेको बताए । मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सुरक्षित र सम्मानित ढंगले गन्तव्यसम्म पठाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘वैदेशिक रोजगारमा जानु भनेको बाध्यता हो । नेपालको अहिलेको परिस्थिति, रोजगारको अवस्था, आर्थिक स्थिति र अहिले रहेको राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दी सम्पूर्ण कुराले गर्दा नेपालको रोजगारको क्षेत्रमा जुन प्रभाव परेको छ, अहिले बाध्यात्मक अवस्था भएपनि केही वर्षलाई हामीले वैदेशिक रोजगारीलाई नै नेपालको समष्टिगत रुपमा विकासको आधार मान्नुपर्ने अवस्था छ । यो अत्यन्त दुःखदायी विषय हो । त्यसको बाबजुद पनि हामीले वैदेशिक रोजगारीमा गएका श्रमिकहरु अथवा नेपाली युवाहरुलाई अहिलेको अवस्थामा उनीहरुलाई सुरक्षित गन्तव्यमा सुरक्षित ढंगबाट, सम्मानित ढंगबाट कसरी पठाउन सकिन्छ भन्ने चिन्ता ग¥यौँ र त्यो अनुसार काम गर्न सक्यौँ भने त्यो चाहीँ धेरै ठूलो कुरो हुन्छ ।’

उनले श्रमिकहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पु¥याउनका लागि मन्त्रालयले विभिन्न सुधारात्मक कामहरु अगाडि बढाएको बताए ।

images
images
हुलाकी पत्र
images
SKIP THIS