images
images

नेवार समुदायले आज गथामुगः चर्‍हे अर्थात् घण्टाकर्ण पर्व मनाउँदै

काठमाडौं : काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा रहेका नेवार समुदायले आज गथामुगः चर्‍हे अर्थात् घण्टाकर्ण पर्व मनाउँदैछन् ।

यो समुदायमा प्रत्येक वर्ष श्रावण कृष्ण पक्षको चतुर्दशीका दिन यो पर्व मनाइन्छ।

यो पर्वमा घण्टाकर्ण राक्षसको पुत्ला बनाई जलाउने र भूत, प्रेत र पिशाचलाई धपाउने विधि गरिन्छ। घरको मूल ढोका र मुख्य निदालमा पञ्चरंगी मयुरको प्वांख र तीनमुखे फलामको किला ठोक्ने चलन छ। यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास छ ।

लिच्छविकालदेखि मनाउँदै आएको यो  पर्वलाई नेवार समुदायले वर्षको पहिलो चाडको रूपमा पनि मनाउने गरेको छ। यो समुदायमा यही  दिनबाट परम्परागत नाच तथा बाजागाजा सिकाउन शुरु गरिन्छ। भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका लागि मुकुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ।

images
images
हुलाकी पत्र
images
SKIP THIS