images
images

गोरखाको सुलिकोटमा स्वास्थ्य शिविर, ६ सय ४१ जना लाभान्वित

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा भएको दुईदिने नि:शुल्क स्वास्थ्य शिविरबाट ६ सय ४१ जना लाभान्वित भएका छन् । गाउँपालिकाको वडा नं १ स्थित बारपाक स्वास्थ्यचौकीमा भएको शिविरमा स्थानीयले स्वास्थ्य सेवा लिएका गाउँपालिकाले जनाएको छ ।

शिविरमा बिरामीले रगत परीक्षण, इसिजीलगायत उपचार सेवा लिएका गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । गोरखा अस्पताल र ग्रिनसिटी हस्पिटलको प्राविधिक सहयोग तथा मुटु फाउन्डेशन, मनोज एसोशियसन, नमस्ते फ्रान्स ग्रेनोबल युनिभर्सिटीको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको उनले बताए ।

वडा कार्यालयको आयोजना, बारपाक सामुदायिक वन उपभोक्ता समितिको सहआयोजना भएको उक्त शिविरको पहिलो दिनमा दुई सय एकले सेवा लिएका थिए भने दोस्रो दिन चार सय ४० भन्दा बढीले सेवा लिएको स्वास्थ्य शिविरका संयोजक धनबहादुर गुरुङले जानकारी दिए ।

सेवा लिनेमध्ये एक सय २४ को ल्याब, एकसय ७० को सुगर परीक्षण, ८१ को इसिजी परीक्षण र एक सय ८० को भिडियो एक्स–रे गरिएको उनले बताए । उनका अनुसार शिविरमा आउने अन्य बिरामीले पनि उपचार गराएका थिए ।

गोरखा अस्पतालका स्त्रीरोग विशेषज्ञ दीक्षा पौड्याल, डा। अनुरुद्र थपलिया, ग्रिनसिटी अस्पतालका डा निदान रावल, डा। रोशन भक्तिलगायत चिकित्सकको टोली शिविरमा संलग्न रहेका स्वास्थ्य शिविरका संयोजक गुरुङले बताए ।

images
images
हुलाकी पत्र
images
SKIP THIS