images
images

माओवादी पदाधिकारी बैठकमा प्रचण्डले भने: ‘फोटो खिच्दा ख्याल गर्नुहोला’

काठमाडौँ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेताहरूलाई विभिन्न व्यक्तिहरूसँग गर्ने भेटघाटमा सचेत बन्न सुझाएका छन् ।

सुन तस्करी प्रकरणमा पार्टीका शीर्ष नेताहरूको नाम मुछिएपछि सोमबार बिहान बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले भने ‘ विभिन्न मान्छेहरूसँग भेटघाट हुन्छ । तर, उनीहरूसँग भेटघाट गर्दा, तस्बिर खिचाउँदा ख्याल गर्नुहोला,’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भनेको कुरा उद्धृत गर्दै एक नेताले भने, ‘अहिले त्यही तस्बिरलाई लिएर अहिले अनुसन्धान नै प्रभावित गर्ने गरी प्रचार हुँदैछ ।’ ती नेताका अनुसार प्रधानमन्त्रीले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता बैठकमा व्यक्त गरेका छन् ।

हाल चर्चामा रहेको करिब १ सय किलो सुन तस्करी प्रकरणमा उपमहासचिव वर्षमान पुनको परिवारको नाम जोडिएको छ ।

images
images
हुलाकी पत्र
images
SKIP THIS