images
images

केन्द्रीय समिति बैठकमा प्रचण्डले भने : त्यस्तै परे सरकार छोडिन्छ

काठमाडौँ– प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भ्रष्टाचार रोकेर छोड्ने दाबी गरेका छन्।

बुधबारदेखि सुरु केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै प्रचण्डले सरकारको काम रोक्ने प्रयास भैरहेको बताए।

‘गठबन्धनभित्र विश्वासको वातावरण मात्र बनेको छैन, गठबन्धन बलियो हुँदै गएको छ‚’ प्रचण्डले भने, ‘सरकारले राम्रो काम गर्दै गएको छ, तर सरकारको अभियान रोक्न घेराबन्दी भने जारी छ, तर यो निष्कर्षमा पुर्‍याउछौं।’

भ्रष्टाचार र सुशासनको अभियान चलाइरहेकाले यो अभियान नरोकिने उनले बताए।

‘सरकार नै छोड्न परे तयार छौं तर यसपटक भ्रष्टाचार र सुशासनको अभियान छोडदैनौ र रोक्दैनौ।’

समाजवादी मोर्चा बनेको भएर पनि काम गर्नका सहज भएको प्रचण्डको भनाइ छ।

images
images
हुलाकी पत्र
images
SKIP THIS