images
images

भोलि १० बजे नयाँ मन्त्रीको सपथ गर्ने तयारी

काठमाडौं : सीके राउत नेतृत्वको जनमत पार्टीलाई  सरकारमा सहभागी हुन ढोका खुलेको छ। नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएपछि जनमतलाई सरकारमा सहभागी हुन ढोका खुलेको हो।

जनमतबाट अनिता देवी साह मन्त्री बन्ने छिन्। पार्टी अध्यक्ष राउतले यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनिताको नाम मन्त्रीका लागि सिफारिस गरिसकेका छन्। राष्ट्रपति कार्यालयले भोलि (सोमबार) बिहान १० बजे शपथग्रहण गराउने तयारी गरेको छ। बालुवाटार स्रोतका अनुसार नयाँ मन्त्रीको शपथग्रहणका लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा पत्र पठाएको छ।

यससँगै प्रधानमन्त्री दाहालले केही मन्त्रीको जिम्मेवारी हेरफेरको तयारीसमेत गरेको स्रोतको भनाइ छ। जनमतलाई कुन मन्त्रालय दिनेबारे अहिलेसम्म टुंगो नलागे पनि प्रधानमन्त्री दाहालले केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेर मन्त्रालय तोक्ने बालुवाटार स्रोतको भनाइ छ।

जनमतले यसअघि खानेपानी मन्त्रालय पाएको थियो। तर जनमतका अध्यक्ष राउतले सुरुवातदेखि उद्योग वा कृषि मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएका छन्।  नेपाली कांग्रेसका नेता रमेश रिजाल उद्योग मन्त्री छन्। उनलाई सामान्य मन्त्रालयमा पठाएर जनमतकी शाहलाई उद्योग मन्त्रालय ल्याउने पनि सम्भावना रहेको स्रोतले बताएको छ।

अहिले कृषि मन्त्रालयको जिम्मेवारी नेकपा एकीकृत समाजवादीका बेदुराम भुसालले बहन गर्दै आएका छन्। जनमतलाई कृषि मन्त्रालय दिएर भुसाललाई संघीय मामिलामा ल्याउन सकिने विषयमा पनि छलफल भइरहेको स्रोतको भनाइ छ।

images
images
हुलाकी पत्र
images
SKIP THIS