images
images

बन्द थाइ एयरवेजको उडान फेरि सुरु हुँदै

काठमाडौं। कोभिडका कारण तीन वर्षदेखि नेपालमा बन्द रहेको थाइ एयरवेजले फेरि नियमित उडान थाल्ने भएको छ।

थाइले न्यारोबडी ‘ए३२०–२३२’ जहाजमार्फत बैंकक–काठमाडौं दैनिक एक उडानका लागि अनुमति मागेको हो। बन्द हुनुअघि थाइ एयरवेजले वाइडबडी जहाजमार्फत सातामा १४ वटा उडान गर्थ्यो।

थाइ एयरवेज थाइल्यान्डको राष्ट्रिय ध्वजा धारण वायु सेवा कम्पनी हो। यस कम्पनीको संसारको विभिन्न स्थानहरू मार्फत हवाई सेवा प्रदान गर्दैआएको छ। नेपालमा फेरि थाई एयरवेज आगामी कात्तिक १५ (नोभेम्बर १) देखि सातामा सातै वटा उडान गर्न चाहन्छ।

लामो इतिहास बोकेको एयरलाइन्स फेरि नियमित उडानका लागि नेपाल आउँछु भन्नु सबैका लागि खुसीको कुरा भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल बताउँछन्। उनी भन्छन् ‘‘थाइ एयरवेजले फेरि उडानका लागि अनुमति मागेको छ। प्रक्रिया पूरा पुरा हुन बाँकी छ।

कोरोना संक्रमितको सङ्ख्या बढेसँगै ११ चैत २०७६ मा नेपालमा लकडाउन सुरु भएको थियो। सम्पूर्ण यातायातसँगै हवाइ उडान पनि बन्द भयो। त्यसपछि सो कम्पनीले नेपालमा उडान रोकेको थियो।

८ चैत २०७६ मा थाइ एयरवेजले पछिल्लो पटक अन्तिम उडान गरेको थियो। सो कम्पनीमा करिब ४० जना नेपालीले स्थायी रोजगारी पाएका थिए। ७० बढी नेपालीले सो एयरवेजमा काम गरी अवकाश पाइसकेका प्राधिकरणले बताएको छ।

थाइ एयरवेजको उडानले कतार, टर्किसलगायतको सिन्डिकेट तोडिएको थियो। अब थाइले नियमित उडान गरेपछि बजारमा प्रतिस्पर्धा बढ्ने र अर्को मुलुकमा ट्रान्जिट हुने लामो दुरीका हवाइ यात्राको भाडा पनि सस्तो हुने जानकारहरू बताउँछन्।

कोभिडकालमा बन्द भएका ६ वटा चिनियाँ वायुसेवा कम्पनीहरू पनि नियमित उडानमा जोडिएका छन्। हाल नेपालमा अन्तर्राष्ट्रियतर्फ ३० वटा एयरलाइन्सले उडान भर्दै आइरहेका छन्। नेपालको नेपाल बायु सेवा निगम र हिमालय एयरलाइन्स छन्।

अहिले बैंकक–काठमाडौं तीन वटा एयरलाइन्सले नियमित उडान भरिरहेका छन्। बैंकक–काठमाडौं नियमित उडानमा अहिले थाइ स्माइल र थाइ लाइनले नियमित उडान गरिरहेको छ। उनीहरू थाइल्यान्डकै कम्पनी हुन्।

५४ वर्षअघि नेपालमा जेट विमानमार्फत पहिलो अन्तर्राष्ट्रिय उडान सुरु गर्ने एयरलाइन्स थाइ एयरवेज नै थियो। अहिलेको नेपाल वायु सेवा निगम (तत्कालीन शाही नेपाल वायु सेवा निगम) भन्दा दुई वर्षपछि स्थापना भएको थाइ एयरवेज विश्वमै चर्चित छ।

स्थापनाको ८ वर्षपछि थाइ एयरवेजले सन् १९६८ डिसेम्बर ४ मा बैंकक–काठमाडौं पहिलो उडान गरेको थियो। दुई दशक लामो समय नेपालमा थाइ एयरवेजले राज नै गरेको थियो। पछि मात्रै अरू एयरलाइन्सहरू आएका हुन्।

images
images
हुलाकी पत्र
images
SKIP THIS