images
images

अक्सफोर्ड कलेजद्धारा विभिन्न संकायमा भर्ना आह्वान

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजले स्नातक तहका विभिन्न संकायमा भर्ना आह्वान खुल्ला गरेको छ । कलेजले एक सूचना जारी गर्दै स्नातक तहका विभिन्न चारवटा संकायमा लागि भर्ना आह्वान गरिएको जनाएको हो ।

कलेजका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीले कक्षा १२ को नजिता सार्वजनिक भएसँगै ब्याचलरका विभिन्न कोर्षहरुमा भर्ना सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार BCA, BBA,  BE-ELE & ELX र BE- CIVIL मा भर्ना खुल्ला गरिएको छ ।

पारिवारिक र शान्त बातावरणमा पढाइ सञ्चालन हुँदै आएको कलेजले BCA मा ८६ जना BBA मा ८६ जना BE-ELE & ELX मा ४१ जना र BE- CIVIL मा ८६ जना विद्यार्थीहरुका लागि सिमित सिटमा भर्ना खुल्ला गरेको जनाएको छ । विहान ७ वजेदेखि अपरान्ह ५ वजेसम्मको कलेजको लेखा शाखामा पुगेर विद्यार्थीहरुले आफुले रोजेको विषय पढ्नको लागि कोर्ष छनौट गरि भर्नाहुन सक्ने ब्यवस्था कलेजले मिलाएको छ ।

कलेजले हालैमात्र विद्यार्थीहरुका लागि अत्याधुनिक कम्प्युटर ल्याव तयार गरेको छ । कलेजका प्राचार्य प्रोफेसर ई.हरि भण्डारीले स्नातक तहमा अध्ययन गर्न आउने विद्यार्थीहरुका लागि नयाँ कम्प्युटर ल्याव प्रयोग गरिने बताउनुभयाे  । कलेजसँग यसअघिनै ११६ जना विद्यार्थीहरुले एकैपटकमा प्रयोग गर्न सक्ने कम्प्युटर ल्याव भएपनि सो ल्याव अपुग भएपछि नयाँ विद्यार्थीहरुका लागि आधुनिक ल्याव निर्माण गरिएको हो ।

विसं २०५७ सालमा स्थापना भएको कलेजले सफल नेतृत्व, चुस्त व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । पोखरा विश्वविद्यालयले हालसम्म प्रदान गरेका १० वटा गोल्डमेडल मध्ये अक्सफोर्ड कलेजले मात्रै ८ वटा गोल्ड मेडल प्राप्त गर्न सफल भएको छ ।

images
images
हुलाकी पत्र
images
SKIP THIS