काठमाडौं। प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मुख्यमन्त्री कार्यालयमा बैठक सुरु भएको हो। नेकपा एमालेले साउन १० देखि लगातार गरेको अवरोधले संसद चल्न पाएको छैन।
प्रधानमन्त्री प्रचण्डले आइतबारपनी राष्ट्रिय दलको मान्यता प्राप्त ७ दलको सर्वदलीय बैठक राखेका थिए। तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली सहभागी भएका थिएनन्। त्यही भएर सोमबार संसद खोल्न निर्णायक समझदारी गर्नेगरी बैठक बसेको नेताहरूले बताएका छन्।
ओलीलाइ बैठकमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डले टेलीफोन गरेका थिए। सुर्खेतको विभिन्न कार्यक्रममा सहभागी हुन गएका प्रधानमन्त्री मौसम खराब भएपछि केही घण्टा रोकिदा ७ बजेका लागि बोलाइएको बैठक केहिबेर अघि सुरु भएको हो।
संसद खोल्ने केही समझदारी गर्न सक्ने संभावना छ







