images
images

सुन प्रकरणबारे छानबिन गर्न उच्च स्तरीय समिति बनाउने दलहरूबीच सहमति खाका तय

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आह्वान गरेको सर्वदलीय बैठकमा सुन प्रकरणमा छानबिन गर्न उच्च स्तरीय समिति बनाउने सहमति भएको छ।

खाका तय गर्न तीन नेताको कार्यदल, एमालेले संसद् अवरुद्ध नगर्ने

संसद्मा आबद्ध दलहरूको बैठकमा एमालेले उच्च स्तरीय समितिको अडान दोहोर्याए पछि गठबन्धन दलले पनि सहमति जनाएको हो। एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार समितिको खाका बनाउन सुवास नेम्बाः, रमेश लेखक र हितराज पाण्डेको कार्यदल बनाइएको छ।

कार्यदलले भोलि ११ बजेसम्ममा खाका निर्माण गर्ने छ। साथै भोलि २ बजे फेरि शीर्ष नेताको बैठक बस्ने छ। गिरीका अनुसार भोलिको संसद् बैठक एमालेले अवरुद्ध नगर्ने भएको छ।

एमालेले सुन प्रकरणबारे छानबिन गर्न उच्च स्तरीय समितिको माग गर्दै लगातार संसद् अवरुद्ध गर्दै आएको थियो।

images
images
हुलाकी पत्र
images
SKIP THIS