images
images

त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु, ८ बढी घाइते

काठमाडौं- त्रिशूली नदीमा बुधबार बिहान यात्रुबस खस्दा ८ जनाको मृत्यु भएको छ भने ८ भन्दा बढी घाइते भएका छन्।

घाइतेहरूलाई उद्धार गरी उपचार सुरु गरिएको छ। बसमा कति जना सवार थिए भन्ने यकिन नभएकोले घाइतेको संख्या खुलेको छैन।

धादिङको गजुरी-२ चालिसेबाट त्रिशूली नदीमा बस खसेको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ।

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो।

दुर्घटनाकाे विस्तृत विवरण आउन बाँकी नै छ।

images
images
हुलाकी पत्र
images
SKIP THIS