images
images

डेंगी संक्रमण भएपछि वीर अस्पताल भर्ना भए खेलकुदमन्त्री लिम्बू

काठमाडौं- युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेंगी सङ्क्रमण भएको छ। शुक्रबार साँझ एक्कासि ज्वरो आएर डेंगी सङ्क्रमण देखिएपछि उपचारका लागि शनिबार मन्त्री लिम्बू वीर अस्पताल भर्ना भएकाे उनका स्वकीयसचिव रोशन राईले जानकारी दिए।

मन्त्री लिम्बू केही दिन पहिले मोरङका विभिन्न डेङ्गु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौं फर्किएका थिए।

वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बूलाई डा ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको जनाइएको छ।

मन्त्री लिम्बूलाई भेट्न हिजाे साँझ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुगेका थिए।

उनले मन्त्री लिम्बूको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिएकाे मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए।

images
images
हुलाकी पत्र
images
SKIP THIS