images
images

संघीय कानुन नबन्दा स्थानीय तहले काम गर्न सकेनन्ः प्रकाशमान सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय कानुन नबन्दा स्थानीय तहले पूर्णरुपमा काम गर्न नसकेको बताएका छन्।

नेपाल महिला सङ्घकी संस्थापक स्वर्गीय मङ्गलादेवी सिंहको २७औँ स्मृति दिवसका अवसरमा आज शोभाभगवतीस्थित उनको सालिकमा माल्यार्पण गर्दै नेता सिंहले तीन तहको सरकारलाई सुचारु रुपमा सञ्चालन गर्न आवश्यक संघीय कानुन बनाउन नसकेको बताए।

‘संघले आवश्यक कानुन निर्माण गर्ने हो भने स्थानीय तहले पूर्ण रुपमा आफ्ना काम, कारबाही अघि बढाउन सक्छन्,’ उनले भने। पछिल्लो समय युवा देश छोडेर पलायन भइरहेकाले सरकारले उनीहरुलाई स्वदेशमै काम गरेर खाने वातावरण बनाउनुपर्ने नेता सिंहको भनाइ थियो।

कोशी प्रदेशमा भइरहेको आन्दोलनबारे नेता सिंहले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषी देश भएकाले कानुनभित्र बसेर सबै समस्याको समाधान गर्नुपर्ने बताए। एकअर्काबीच हुने मनमुटावलाई सरकारले समाधान गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।

नेता सिंहले नेपालमा राणा शासनको अन्त्य र प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाउनका लागि स्व मङ्गलादेवी सिंहले महत्वपूर्ण भूमिका खेलेको बताए। रासस

images
images
हुलाकी पत्र
images
SKIP THIS