images
images

अनेरास्ववियूको अध्यक्षमा आरती लामा

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छन्।

अनेरास्ववियूको आइतबार काठमाडौंमा सम्पन्न स्थायी कमिटी बैठकले लामालाई अध्यक्ष चयन गरेको हो। त्यस्तै, महासचिवमा महेश श्रेष्ठ चयन भएका छन्।

लामाको नेतृत्वमा केन्द्रीय अधिवेशन आयोजक कमिटी गठन गरिएको हो। आयोजक कमिटीमा ३०१ सदस्य रहेका छन्।

लामा यसअघि नेकपा (एमाले) निटक अनेरास्ववियूको महासचिव थिइन्। एमाले विभाजन भएपछि उनले एकीकृत समाजवादी रोजेकी थिइन्।

images
images
हुलाकी पत्र
images
SKIP THIS