images
images

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा‍.मिश्र नियुक्त

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता मिश्र र कान्ति बाल अस्पतालको निर्देशकमा डा. पंकज रायलाई नियुक्त गरेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. मिश्र र डा. रायलाई नियुक्त गरेका हुन् ।

हाल स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह रहेका थिए । उनलाई मन्त्रालय तानिएको मन्त्रालय स्रोतले जनाएको छ । त्यसैगरी, कान्ति बाल अस्पतालमा यसअघि डा. युवानिधि बसौला निर्देशक रहेका थिए । उनको दरबन्दी कान्तिमै रहेको छ । डा. बसौलाले कान्तिको नेतृत्व सम्हालेसँगै अस्पतालमा अनियमितता मौलाएको थियो ।

कान्तिमा खरिद हुने सामग्री बजार मूल्यभन्दा बढी खरिद गर्नेदेखि सार्वजनिक बोलपत्र आह्वान बिना नै सिमित सप्लायर्सलाई करोडौंको भुक्तानी गरेको आरोप उनीमाथि लागेको थियो ।

images
images
हुलाकी पत्र
images
SKIP THIS