images
images

प्रचण्डको अभिव्यक्तिप्रति एमाले नेता बस्नेतको प्रतिक्रिया, ‘आकाशको फल, आँखा तरी मर !’

काठमाडौं,१४ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको कर्णाली प्रदेश स्तरीय सन्देश सभालाई सम्बोधन गर्दै दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाएका छन् ।

प्रचण्डले सुर्खेतको विरेन्द्रनगरमा आयोजित कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) फुट्नसक्ने संकेत गरेका थिए । ‘म अहिले नाम लिएर भन्दिनँ तर आफूलाई ठूलो पार्टी भन्ने, प्रतिपक्षी पार्टीभित्र यति ठूलो धाँजा परेको छ, नेताको विशाल पंक्ति र कार्यकर्ता हैरान परेसान भएर भएर कहीँ न कहीँ विस्फोट हुने अवस्थामा छ । मलाई लाग्छ त्यहाँबाट कहीँ न कहीँ कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुवीकरण सुरू हुन्छ,’– उनले भनेका थिए ।

प्रचण्डको उक्त अभिव्यक्तिमा प्रतिक्रिया जनाउँदै एमाले नेता बस्नेतले समाजिक सञ्जालमा लेखेका छन्, ‘आकाशको फल आँखा तरी मर ! सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा ठूलो धाँजा परेको भन्दै विभाजन हुनसक्ने दाबी गर्नुभएछ ।’

images
images
हुलाकी पत्र
images
SKIP THIS