गोरखा बजारको कट्टेलचोकमा भेटिएको कुकर बमजस्तै देखिने शंकास्पद बस्तु निस्कृय पारिएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले मुख्य सडकको बीचमा राखेको बम बिहान पौने आठ बजेट निस्कृय पारेको हो ।
बम डिस्पोज गरेसंग बिहान पाँचबजेदेखि अबरुद्ध रहेको गोरखा आँबुखैरेनी सडक सुचारु भएको छ ।
शंकास्पद बस्तुसंगै हँसिया हथौडा अंकित झण्डा पनि छाडिएको छ ।
एमसीसी कार्यान्वयनको बिरोध गर्दै नेपाल कम्युनिस्ट पार्टी माओवादीले शनिबार नेपाल बन्दको आयोजनाको घोषणा गरेको थियो ।
यसअघि नेकपा(माओवादी)ले एमसीसी कार्यान्वयन गरेको बिरोधमा शनिबार नेपाल बन्दको आव्हान गरेको थियो ।








