images
images

श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि बालेनले भने- सिंहदरबार जलाइदिन्छु

काठमाडौँ-  बिदाको दिन श्रीमती चढेको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले रोकेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् ।

शनिबार राति ९ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको गाडी कोटेश्वर ट्राफिक प्रहरीले रोकेपछि बालेनले सिंहदरबार जलाइदिने धम्की दिनुका साथै सरकारलाई ‘चोर’समेत भनेका छन्। महानगरले चलाउने गरेको उक्त गाडीमा मेयर शाहकी पत्नी चढेको कोटेश्वरमा खटिएका ट्राफिक प्रहरीले बताए।

श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको घटनाको आधा घन्टापछि बालेन शाहको सिंहदरबार जलाइदिने स्टाटस सामाजिक सञ्जालमा आएको हो।

बिदाको दिन सरकारी गाडी चलाएको तीव्र गतिमा चलाएको देखेपछि ट्राफिक प्रहरीले बढीमा ३ मिनेट रोकेर कागजात मागेको सडकमा खटिएका एक ट्राफिक प्रहरीले बताए।

आफ्नी श्रीमती चढेको गाडी रोकिएपछि बालेनले काठमाडौँका सिडिओ जितेन्द्र बस्नेतलाई पनि यसबारे सोधेका थिए।

images
images
हुलाकी पत्र
images
SKIP THIS