images
images

नेपालले भारतलाई दियो दुई सय ३१ रनको लक्ष्य

काठमाण्डौ – एसिया  कप क्रिकेटमा  नेपालले भारतलाई २ सय ३१ रनको लक्ष्य दिएको छ ।

श्रीलंकाको पालेकेलेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले  ४८ ओभर दुई बलमा अल आउट हुँदै २ सय ३० रन बनायो ।

नेपालका लागि  नेपालका आशिफ शेखले सर्वाधिक ५८ रन बनाए, उनले सात चौका प्रहार गरे ।

यस्तै सोमपाल कामीले दुई छक्का र एक चौकासहित ४८ रन बनाए ।

कुशल भुर्तेलले तीन चौका र दुई छक्का सहित ३८ बनाए ।

दीपेन्द्रसिँह ऐरीले २५ बलमा २९ रन बनाए । गुल्शन झाले २३ रन बनाए ।

यस्तै, भीम सार्की ७, कप्तान रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए ।

सन्दीप लामिछानेले ९  रन बनाए भने ललित राजवंशीले खाता पनि खोल्न सकेनन् ।

भारतका रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३/३ विकेट लिए । भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

images
images
हुलाकी पत्र
images
SKIP THIS