images
images

सिग्देल बने नेपालका लागि स्ट्याण्डर्ड काउन्सिल अफ क्यानडा(scc)ISO को प्रतिनिधि

कावासोतीका स्थायी बासिन्दा बिनोद सिग्देल नेपालका लागि स्ट्यान्डर्ड काउन्सिल अफ क्यानडा(scc)ISO  को प्रतिनिधिको रुपमा नियुक्त भएका छन । स्ट्यान्डर्ड काउन्सिल अफ क्यानडा (scc)ISO का एसिया प्रमुखले सिग्देललाई पाँच बर्षका लागि नेपालको अधिकारिक प्रतिनिधिका रुपमा नियुक्त गरेका हुन । यस्तो किसिमको मान्यता प्राप्त गर्ने सिग्देल नेपालको पहिलो ब्यक्ति हुन ।

नेपालबाट ठूलो मात्रामा अदक्ष कामदारको रुपमा बिदेशमा पलाएन भईरहेको बेला उनको नियुक्तिले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष कामदार उत्पादन गर्ने सन्दर्भमा सहयोग गर्नेछ ।” अदक्ष कामदारहरु परराष्ट जाँदा उनिहरुले सेवा सुबिधा पनि राम्रो पाँउदैनन अर्को तिर कामदारहरुको मृत्यु ,अङ्गभङ्ग जस्ता अप्रिय समाचारहरु सुनिरहनुपरेको छ । अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले धानेको हाम्रो जस्तो मुलुकमा बिदेश जाने नागरिकलाई दक्ष गराउनुनै मेरो मुख्य लक्ष्य र भुमिका हुनेछ” सिग्देलले बताए ।

तालिमप्राप्त कामदारलाई उनले क्ष्क्इ को परिक्षामा समाबेश गराई क्ष्क्इ सर्टिफाईड गराउन सहयोग गर्नेछन भने अदक्ष कामदारलाई तालिम प्रदान गरि दक्ष गराउन पहल गर्नेछन । जसका कारण बिश्वका विभिन्न मुलुकमा नेपाली कामदारको श्रमको मूल्य उच्च हुनेछ । यसको कार्यालय काठमाडौंमा भएको र अन्य शहरमा बिस्तारको क्रममा रहेको सिग्देलले बताए । यस अघि सिग्देल डेढ दशक दक्षिण कोरियामा विभिन्न पेशामा आवद्ध थिए ।

images
images
हुलाकी पत्र
images
SKIP THIS