images
images

प्रशासकीय अधिकृत र लेखा अधिकृतबीच कार्यकक्षमै ‘यौन क्रियाकलाप’

काठमाडौं- इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत (पुरुष) र लेखा अधिकृत (महिला) बीच कार्यकक्षमै भएको अनैतिक क्रियाकलापको भिडियो बाहिरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत (महिला कर्मचारी) ले कार्यकक्षमै अनैतिक यौन क्रियाकलाप गरेको भिडियो सामाजिक सञ्जालमा यतिबेला भाइरल बनेको छ।

कार्यालयमै जडित सीसीटीभी क्यामेरामा उनीहरूले कार्यकक्षमै गरेको अनैतिक क्रियाकलापको भिडियो कैद भएको हो। सोही भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।

भिडियो असार तेस्रो सातातिरकै भएको गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले बताए।

उनीहरु बीचको अनैतिक क्रियाकलापको भिडियो आफूले पनि सामाजिक सञ्जालमा हेरेको उनले बताए। प्रमुख प्रशासकीय अधिकृत राई विवाहित हुन भने महिला कर्मचारी अविवाहित हुन्।

सार्वजनिक भएको भिडियोमा प्रशासकीय अधिकृत राई पहिलेदेखि नै लेखा अधिकृत (महिला कर्मचारी)को कार्यकक्षमा बसिरहेका हुन्छन्। महिला कर्मचारी बाहिरबाट आफ्नो कार्यकक्षमा प्रवेश गर्दा राईसँग टासिँदै गएर आफ्नो कुर्सीमा बस्छिन्।

त्यसपछि राईले महिला कर्मचारीको संवेदनशील अंगमा छुने, गालामा सुम्सुम्याउने क्रियाकलाप गर्छन्। त्यसपछि दुबैले एकअर्कालाई चुम्बन गर्ने लगायतका गतिविधि गरेको भिडियोमा देख्न सकिन्छ।

कार्मचारीले कार्यकक्षमै अश्लिल हर्कत गरेको भिडियो सार्वजनिक भएपछि यतिबेला उनीहरुको आलोचना भइरहेको छ।

images
images
हुलाकी पत्र
images
SKIP THIS