images
images

आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै:यस बर्षको उत्कृष्ट र निजामती पुरस्कार को को ले पाउदै ?

आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो ।

विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो । हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । दिवसका अवसरमा आज विहान प्रभातफेरी हुँदैछ भने सोही अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिँदै छ ।

निजामती सेवा दिवसको अवसर पारेर सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको छ

सरकारले प्रदान गर्ने निजामती पुस्कारमा सिंहदरबार वा संघीय तहकै कर्मचारीको बोलबोला देखिएको छ । यस वर्षको निजामती सेवा दिवसमा पुरस्कार दिन ४० कर्मचारी छनोट गरिएकोमध्ये १४ जना काठमाडौं उपत्याकाभन्दा बाहिरका परेका छन् ।

निजामती सेवा दिवसको अवसर पारेर सरकारले १ जनालाई सर्वोत्कृष्ट,१० जनालाई उत्कृष्ट ३० जनालाई निजामती सेवा पुरस्कार दिएर कर्मचारीहरुलाई सम्मान गर्दै आएको छ । जसमध्ये लाखौं कर्मचारीको भीडमा एक जना पनि सर्वोत्कृष्ठ कर्मचारी फेला पर्न सकेन । विगतका बर्षमा झैं सरकारले निजामती सेवाभित्र एक जना पनि सर्वोत्कृष्ठ कर्मचारी फेला पार्न नसकेको हो । सर्वोत्कृष्टका लागि २ लाख रुपैयाँ राशी छुट्टाइएको छ । पुरस्कृत हुने कर्मचारीहरुको छनोटका लागि मुख्य सचिवको नेतृत्वमा समिति हुन्छ । सो समितिले एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जना छनौंट भएका छन् ।

यसरी छानिएकामध्ये प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम,प्रधानमन्त्री कार्यालयका सहसचिव बुद्ध बहादुर गुरुङ,सामान्य प्रशासनका उपसचिव कविन्द्र नेपाल,रामग्राम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का, कानुनका उपसचिव रामप्रसाद लम्साल, केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछाने,मालपोत कार्यालय खाँदबारीको अधिकृत चन्द्र प्रसाद मिश्र,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कम्युटर अधिकृत सुनिल कुमार केसी,कोष नियन्त्रक कार्यालय मुगुको कोष नियन्त्रक लक्ष्मी कृष्ण हमाल र आन्तरिक राजश्व कार्यालय हेटौंडामा कार्यरत नायब सुब्बा शुभ लक्ष्मी लामाले पाउने भएका छन् । सरकारले उत्कृष्ट १० कर्मचारी पुरस्कृत गर्दा ५ जना काठमाडौंभित्रैका कार्यालयमा कार्यरत पुरस्कृत हुने अवसर पाएका छन् भने ५ जना काठमाडौं उपत्याका बाहिरका कार्यालयमा कार्यरत कर्मचारी रहेका छन् ।

यसै गरी निजामती सेवा पुरस्कार पाउनेमा कान्ति बाल अस्पतालको डा रोशनी लक्ष्मी तुइतुई, संघीय सचिवालय व्यवस्थापन कार्यालयका इञ्जिनियर कुमार प्रसाद घिमिरे, श्रम तथा रोजगार कार्यालयका सुजन जोजिजु, ठूलीभेरी नगरपालिकाको प्रमुख प्रशासकप्य अधिकृत शुकदेव लम्साल, शिक्षा विकास तथा समन्वय इकाईकी रेविका अमात्य, खाद्य तथा पोषण सुरक्षा आयोजनाका बरिष्ठ बागबानी अधिकृत राजेश कुमार केसी, वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागका निर्देशक होमनाथ भट्टराई, बनस्पति विभागकी सङ्गीता स्वाँर, राहदानी विभागका निर्देशक डा डमरुबल्लभ पौडेल, लोकसेवा आयोगका नारायण प्रसाद ज्ञवाली,सडक विभागका इञ्जिनियर शोभा गिरी,प्राकृतिक श्रोत तथा वीत्त आयोगका चुडाराज सापकोटा रहेका छन् ।

त्यस्तै उच्च अदालत दीपायलका इजलआश अधिकृत नरबहादुर नेगी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको मिना पौडेल, जिल्ला सरकारी वकिल ललितपुरको जिल्ला न्यायधिवmा सुशीला ज्ञवाली, शहरी खानेपानीका किशोर पन्थी, किताबखनाका अधिकृत नवराज तामाङ व्लोन, अर्थ मन्त्रालयका अधिकृत युक्त प्रसाद सुवेदी, राष्ट्रिय अभिलेखालयको मनिता न्यौपाने,त्रिपुरेश्वरमा कार्यरत पशु चिकित्सक शशिधर सेढाई, काठमाडौं निर्वाचन कार्यालयका ठाकुर प्रसाद भट्टराई र सिरहा जिल्ला अदालतका नासु मनोज कुमार महतो रहेका छन् ।

निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुनेमा राजु कटुवाल क्षेत्री, हुर्मत विक, उपराष्ट्रपति कार्यालयमा कार्यरत देवकला अर्याल,गृह मन्त्रालयका उमेश भट्टराई, राम प्रकाश साह, दीपकराज पन्त, योजना आयोगको शान्ता महर्जन र जवाहर लाल अहिर रहेका छन् । उनीहरुले ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार पाउनेछन् ।

यस पटक ४० कर्मचारी पुरस्कृत हुनेमा छन् जसमध्ये २६ जना जना सिंहदरबार अर्थात काठमाडौं उपत्याका भित्रै कार्यरत कर्मचारीहरुले पाएका छन् ।

 

images
images
हुलाकी पत्र
images
SKIP THIS