images
images

नेपालमा लगानीको वातावरण सुधार गर्नु नै पहिलो प्राथमिकताः प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानीको वातावरण सुधार गर्नु नै आफ्नो पहिलो प्राथमिकताको विषय भएको बताएका छन्।

शुक्रबार लगानी बोर्डको वार्षिकोत्सव समारोहलाई सिंहदरबारमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देशको समावेशी र दिगो रूपमा आर्थिक विकासका लागि एफडिआईलगायत निजी लगानी बढाउन निरन्तर काम गरिरहेको पनि बताए।

प्रधानमन्त्री दाहालले नेपाल लगानीको आकर्षक गन्तव्य भएको सन्देश विश्वभर फैलाएकोमा खुशी व्यक्त गरे। उनले नेपालले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने र दिगो विकासका लक्ष्यहरू हासिल गर्ने लक्ष्य लिएको भए पनि कोभिड महामारी, विश्वव्यापी द्वन्द्व र जलवायु परिवर्तनका कारणले तोकिएको समयसीमाभित्रै आकांक्षाहरू साकार पार्नु प्रमुख चुनौतीको रूपमा रहेको उल्लेख गरे।

१६ औँ आवधिक योजनाको मस्यौदा तयार गर्दा नेपाल सरकार राष्ट्रिय विकासका लागि निजी क्षेत्र–स्वदेशी र विदेशी–स्रोत परिचालन महत्वपूर्ण छ भन्ने कुरामा दृढ विश्वास रहेको बताए।

प्रधानमन्त्री दाहालले व्यवसाय र लगानीको वातावरण सुदृढ गर्न नीतिगत, कानुनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्थामा निरन्तर सुधार गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गरे।

उनले व्यवसाय र लगानीको वातावरण सुदृढ गर्न नीतिगत, कानूनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्थामा निरन्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले संविधानको मर्मअनुसार लगानीमैत्री वातावरण बनाउन सबै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताए।

उनले पीपीपीका अन्य नयाँ रूपहरूमार्फत परिवर्तनकारी परियोजनाहरू पनि विकास गर्न आवश्यक रहेको बताए। उनले नेपालमा लगानी बढाउन लगानीकर्ताहरुलाई आग्रह गर्न गरे।

images
images
हुलाकी पत्र
images
SKIP THIS