images
images

अष्ट्रेलिया पठाइदिन्छु भनेर ९ लाख ठगी गर्ने महिला पक्राउ

अष्ट्रेलिया पठाइदिन्छु भनेर ९ लाख रूपैयाँ ठगी गर्ने महिला पक्राउ परेकी छन्।

भक्तपुर मध्यपुर थिमि नगरपालिका-४ घर भई हाल काठमाडौं महानगरपालिका-२६ बस्ने ५० वर्षीया रत्न केशरी श्रेष्ठ पक्राउ परेकी हुन्।

उनलाई  शुक्रबार बिहान ७ बजे काठमाडौं महानगरपालिका-२६ सामाखुसीबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको  टोलीले पक्राउ गरेको हो।

९ लाख रूपैयाँ ठगी गरेको भन्दै श्रेष्ठविरूद्ध आशामाया लामाले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन्।

अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएको थियो। सोही आधारमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

प्रहरीका अनुसार रत्न केशरीले आशामायालाई २० लाख रूपैयाँमा अष्ट्रेलिया पुर्‍याइदिने भनेकी रहिछन्। त्यही आधारमा उनले ९ लाख रूपैयाँ  दिएको र पैसा लिएपछि रत्न केशरी सम्पर्कविहीन भएको उजुरीमा उल्लेख  छ।

पक्राउ परेकी श्रेष्ठविरूद्ध थप अनुसन्धान तथा कारबाहीका वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी रेग्मीले जानकारी दिए।

images
images
हुलाकी पत्र
images
SKIP THIS