images
images

प्रधानमन्त्री प्रचण्ड आज गोरखा आउंदै :यस्तो छ कार्यक्रम तालिका

गोरखा, २३ भदौ । आफ्ना मतदाता र स्थानीय जनतासँग जनभेटघाट गर्न आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो निर्वाचन क्षेत्र गोरखा आउँदैछन् ।

नेकपा (माओवादी केन्द्र) को तिन महिने अभियान अन्तर्गत गोरखामा आज आयोजना गरिएको कार्यक्रमका लागि प्रधानमन्त्री गोरखा आउन लागेका हुन् ।

कार्यक्रम तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले अहिले बिहान ११ बजे पालुङटार वडा नम्बर २ स्थित रातडाँडामा सहिद सुरेश वाग्ले स्मृति कार्यक्रममा भाग लिनेछन् । माओवादी आन्दोलनका क्रममा पार्टीका वैकल्पिक पोलिटब्युरो नेता रहेका वाग्ले गोरखाको गाँखु गाउँमा २०५६ साल भदौ २३ गते प्रहरीद्वारा मारिएका थिए ।

त्यस्तै, दिउँसो १ बजे सिरानचोक गाउँपालिकामा आयोजित मतदाता तथा जनता भेटघाट कार्यक्रम र दिउँसो ३ बजे अजिरकोटमा आयोजना हुने सोही प्रकृतिको कार्यक्रम सहभागी भएर प्रधानमन्त्री बेलुका काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

images
images
हुलाकी पत्र
images
SKIP THIS