images
images

गरिबी निवारणमा चीनसँग सहकार्य गर्न प्रधानमन्त्रीलाई सुझाव दिएँः अध्यक्ष राउत

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रधानमन्त्रीले बोलाएको बैठकमा आफूले गरिबी निवारणमा चीनले पाएको सफलताबाट नेपालले गरिबीमुक्त देश बनाउनुपर्ने बारेमा चीनको अनुभव लिन सुझाव दिएको बताएका छन्।

आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न अमेरिका र चीन भ्रमणबारे सुझाव लिन बोलाएकाे बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले गरिबी निवारमा चीनले ठूलो सफलता पाएको र त्यसको अनुभवबाट नेपालले पनि गरिबी निवारण गर्नुपर्ने भन्दै चीनसँग अनुभव लिन सुझाव दिएको बताए।

अध्यक्ष राउतले भने, ‘गरिबी निवारणमा चीनले ठूलो सफलता हासिल गरेक हुनाले त्यसको अनुभवको आधारमा नेपालले कसरी गरिबीबाट मुक्ति दिलाउन सक्छ ? त्यसको बारेमा सहकार्य गर्न सुझाव दिएँ। म्यानुफ्याक्चरिङ क्षेत्रमा पनि चीन धेरै अघि भएको हुनाले उद्योगहरुको मोडलमा चीनले नेपालमा उद्योगहरू खोल्ने र प्रोडक्ट चीनले आफूमार्फत् निर्यात गर्न आग्रह गर्न भनेका छौं। स्थानीय रुपमा रोजगारी सिर्जना होस् भन्ने लक्ष्य हो।’

चीन भ्रमणमा प्रधानमन्त्रीले फर्टिलाइजर क्षेत्रमा चीनबाट सहयोग माग्न आग्रह गर्न र नेपाललाई केमिकल फर्टिलाइजरमा आत्मनिर्भर बनउने बारेमा चीनसँग सहकार्य गर्न अनुरोध गरेको पनि उनले बताए।

images
images
हुलाकी पत्र
images
SKIP THIS