images
images

दिवंगत नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने मन्त्रिपरिषदको निर्णय: अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं- सरकारले संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने भएकाे छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार बिहान बसेकाे मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्ताे निर्णय गरेकाे हाे।

अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय पनि भएको बताइएकाे छ।

नेम्वाङको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बोलाएका हुन्।

नेम्वाङको मंगलबार बिहान १:३० बजे त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियाे।

images
images
हुलाकी पत्र
images
SKIP THIS