images
images

प्रधानमन्त्रीले न्यूयोर्कमा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन अन्तर्राष्ट्रिय सहयोग माग्ने

काठमाडौँ – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुको विकल्प नरहेको बताएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने कुरामा विदेशी निकायहरुको सहयोग माग्ने कुरा पहिलो प्राथमिकतामा रहेको बताए।

उनले शान्ति प्रक्रिया एक हिसाबमा सफल भइसके पनि निष्कर्षमा पुर्‍याएर एक प्रकारले घोषणा गर्न मात्रै बाँकी रहेको उल्लेख गरे। उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा मौलिक रुपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अघि बढाइरहेका छौँ भनेर विश्व समुदायलाई अपील गर्ने काम मुख्य प्राथमिकतामा रहेको बताए।

उनले शान्ति प्रक्रिया १८ वर्ष लागिसक्दा पनि निष्कर्षमा पुर्‍याउन नसक्नु राष्ट्रिय कमजोरी रहेको उल्लेख गरे। उनले खासगरी तीन दल नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा एमाले र अन्य सबै दलहरुसँग सहमति गरेर शान्ति प्रक्रिया टुंगो लगाउने प्रयास भइरहेको बताए।ि

‘भ्रमणमा प्रधानमन्त्रीले मुख्यकुरा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सहयोग माग्ने रहेको छ,’ उनले भने, ‘शान्ति प्रक्रिया सुरु भइसकेपछि चार वटा निर्वाचन भइसके। यो धेरै ठूलो सफलता हो। तर फेरि यति ठूलो सफलता हुँदाहुँदै पनि सेना समायोजन भइसक्यो, अरु काम भइसके। तर पनि यसलाई निष्कर्षमामा पुर्‍याएर एक प्रकारले घोषणा गर्न बाँकी छ।’

images
images
हुलाकी पत्र
images
SKIP THIS