काठमाडौं- सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधस्वरूप आन्दोलनमा उत्रिएका शिक्षक र सरकारबीच पुन: वार्ता हुने भएकाे छ।
बुधबारदेखि राजधानीको माइतीघरमा जम्मा भइ आन्दोलन गरिरहेका देशभरका शिक्षकहरूले दोस्रो दिन बिहीबार पनि प्रदर्शन जारी राखेका छन्।
नेपाल शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलनमा सहभागी शिक्षकका प्रतिनिधिहरू र सरकारबीच आज बिहान गृहमन्त्रालयमा वार्ता भएको थियो।
त्यसपछि पुन:माइतीघर, सिंहदरवार हुँदै नयाँ बानेश्वर पुगेका शिक्षकहरूलाई वार्तामा ल्याइ सहमति जुटाउन सरकार क्रियाशील छ। यसका लागि आज दिउँसो ३ बजे गृहमन्त्रालयमा दुई पक्षबीच वार्ता हुँदैछ।
आन्दोलनका कारण आज काठमाडौं उपत्यका भित्रका सबै सामुदायिक विद्यालयको पठनपाठन अवरुद्ध छ भने यात्रायात समेत प्रभावित छ।








