सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच अहिले साँझ वार्ता शुरू भएको छ। गृह मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा वार्ता सुरू भएको हो।
वार्तामा अर्थमन्त्री प्रकाशरण महत, कानुनमन्त्री धनराज गुरूङ, शिक्षामन्त्री अशोक राई, सञ्चारमन्त्री रेखा शर्मा पनि सहभागि छन्।
महासंघका तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि सहभागि भएको बताइएको छ।
विद्यालय शिक्षा विधेयक खारेजीको माग गर्दै बुधबारदेखि देशभरका शिक्षकहरू काठमाडौँमा आन्दोलन गरिरहेका छन्। जसका कारण दुई दिन उपत्यकाको अवागमन प्रभावित बनेको थियो। आज विहान पनि गृहमन्त्रीसँग वार्ता भएको थियो।







