images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजले पुनः उडान थाल्ने

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट कुवेतको जजिरा एयरवेजले पुनः उडान थाल्ने तयारी गरेको छ ।

१५ महिनाअघि सेवा सुरू गरेको जजिराले पटक– पटक उडान स्थगित गर्दै आएकोमा अक्टोबर ३० देखि पुनः उडान थाल्ने तयारी गरेको हो ।

विन्टर सिजनमा फेरि उडानलाई निरन्तरता दिने भनेर जजिराले नागरिक उड्डयन प्राधिकरणमा स्वीकृतको लागि पठाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धन हंसराज पाण्डेले बताए ।

समर सेड्युलमा उडान स्थगन गरेको जजिराले विन्टर सिजनमा फेरि निरन्तरता दिने भनेर स्वीकृतको लागि पठाएको आफूलाई जानाकारी भएको पाण्डेले बताए । उडानको समर सेड्युल अक्टोबरमा सकिन्छ । अक्टोवर ३१ देखि ६ महिना विन्टरको तालिका हुन्छ ।

विन्टरको सेड्युलको लागि जजिराले स्वीकृति मागेको हो । १५ महिनाअघि गौतमबुद्ध विमानस्थल उद्घाटन भएसँगै जजिराले उडान सुरु गरेको हो । विभिन्न कारण देखाउँदै बीचमा २ पटक उडान स्थगित गरेको छ ।

पछिल्लोपटक व्यावसायिक कारण देखाउँदै जेठबाट उडान रोकेको छ । यसअघि जजिराले प्रत्येक हप्ता सोमबार, बुधबार र शुक्रबार कुबेत-भैरहवा उडान गर्दै आएको थियो । अब पनि सोही तालिकामा उडान गर्ने छ ।

images
images
हुलाकी पत्र
images
SKIP THIS