images
images

शिक्षकसँगको छलफल आज निष्कर्षमा पुग्छः कानूनमन्त्री गुरुङ

काठमाडौं- सरकारले आन्दोलित शिक्षकहरुको माग पूरा गर्नेगरी छलफल सुरु गर्ने बताएको छ।

शुक्रबार बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गरेका हुन्।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आज बस्ने तेस्रो चरणको वार्तापछि समस्या समाधान हुने बताए। उनले आज छलफल निस्कर्षमा पुग्ने बताए।

उनले भने,’शिक्षक साथीहरूका बुँदाहरुमा हामीले बुँदागत रुपमा नै बसेर छलफल गरेका छौँ। अब एकछिन पछि शिक्षक साथीहरुका प्रतिनिधिसँग बसेर अन्तिम टुंगो लगाउने छौँ। उहाँहरूले राखेका विषयमा हामीले हिजोदेखि नै छलफल गरेका छौँ। अब उहाँहरुसँग बसेर छलफल गरी टुंगो लगाउँछौँ। आज टुंगिन्छ।’

मन्त्रीहरूको आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग वार्ता जारी छ। यसअघि बिहीबार पनि २ पटक वार्ता भएपनि कुनै निष्कर्ष निस्किन सकेको थिएन। शिक्षकहरू बुधबार यता आन्दोलनमा छन्।

images
images
हुलाकी पत्र
images
SKIP THIS