images
images

पशुपतिनाथ मन्दिरमा जलहरी विवाद : अख्तियारको बयान अन्तिम चरणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भएको भ्रष्टाचार विषयमा अनुसन्धान प्रक्रियालाई तीव्र बनाएको छ । केही दिनयता आयोगले संलग्न पदाधिकारीलाई बोलाई बयान लिइरहेको र प्रमाण सङ्कलन गरी अनुसन्धानलाई तीव्र बनाएको हो । ‘अनुसन्धान भइरहेको छ, केही दिन लाग्छ, अहिले बयान अन्तिम चरणमा पुगेको छ,’ आयोग स्रोतले भन्यो ।

कार्यालयको महालेखापरीक्षक प्रतिवेदनअनुसार जलहरी बनाउँदा करिब ११ किलो सुन अपुग भएको उल्लेख गरेपछि विवादमा सतहमा आएको थियो । त्यसको त्यति बेलाको मूल्य ‘करिब आठ करोड रुपैयाँ हुन आउने भएपछि झन् विवाद बढेको थियो । यही मुद्दामा गत जेठमा संसद्मा हङ्गामा भएको थियो ।

२०७४ माघ १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथमा सङ्कल्प पूजा गरेर एक अर्बको जलहरी राख्ने घोषणापछि १०८ किलोको जलहरी राखिएको थियो । त्यसमा सरकारले ३० करोड रुपैयाँ दिने निर्णय गरेको थियो भने पशुपति क्षेत्र विकास कोषले ५० करोड रुपैयाँ थपेर सुनको जलहरी राख्ने निर्णय गरेपछि त्यहीँ शङ्का उत्पन्न भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । यो निर्णयसँगै २०७७ फागुन ११ गते जलहरी राखिएको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

images
images
हुलाकी पत्र
images
SKIP THIS