images
images

डा. ओम मूर्तिको संस्मरण ‘जीवन्त सम्बन्ध’ बजारमा:आमा राजकुमारी देवी सिंह द्वारा लोकर्पण

काठमाडौं- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलको संस्मरण ‘जीवन्त सम्बन्ध’ पुस्तक शुक्रबार लोकार्पण भएको छ।

पुस्तक लेखककी आमा राजकुमारी देवी सिंहले लोकर्पण गरेकी हुन्।

कार्यक्रममा आइओएमका पूर्व डिन प्राडा. जगदीशप्रसाद अग्रवालले लेखकको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पारेका थिए।

संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि याे पुस्तक लेखिएको हाे।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यता रहेकाे थियाे।

पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्धवृद्धाका निम्ति डा. ओम फाउन्डेसनमार्फत् खर्च गरिनेछ।

पुस्तक अनलाइन र पुस्तक पसल तथा सुपरस्टोरहरूमा उपलब्ध छ।

images
images
हुलाकी पत्र
images
SKIP THIS