images
images

राष्ट्रपति संस्थाको गरिमा अभिवृद्धि गर्नुपर्छः महामन्त्री शर्मा

पाटन – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गणतन्त्र बलियो बन्नका लागि राष्ट्रपति संस्थाको गरिमा अभिवृद्धि गर्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस केन्द्रीय समितिमा धारणा राख्ने क्रममा महामन्त्री शर्माले भने, ‘गणतन्त्र बलियो बन्नका लागि थुप्रै राम्रा कर्महरू चाहिन्छ। त्यसका लागि राष्ट्रपति संस्थाको गरिमा अभिवृद्धि गर्नु पनि अनिवार्य र महत्त्वपूर्ण कार्य छ। आममाफी दिने गरी सरकारले गरेको पछिल्लो निर्णयले राष्ट्रपतिलाई आलोचित बनाएको छ, सरकारले गरेको कामले राष्ट्रपति संस्थालाई आलोचित बनाउँदा मानिसमा वितृष्णा बढ्छ।’

पार्टीका नेताको कार्यशैलीलाई बदल्दै समाजको वितृष्णालाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले समुदायको सद्भावलाई अझै खँदिलो बनाउनुपर्नेमा जोड दिए। रासस

images
images
हुलाकी पत्र
images
SKIP THIS