images
images

मा‌ओवादी प्रदेश उपाध्यक्ष बडुवालको निधन

धनगढी- नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’को निधन भएको छ।

कैलालीको लम्किचुहा नगरपालिका-२ चौरी घर भएका उनको गए राति उपचारका क्रममा निधन भएको हो।

माओवादीको ३ महिने अभियानमा सक्रिय भएका बेला स्वासप्रश्वासमा समस्या आएपछि उनलाई लम्की अस्पताल हुँदै नेपालगन्ज नर्सिङ होम लागिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि भारतको लखनउ लैजाँदै गर्दा उनको बाटोमै निधन भएको नेकपा माओवादी केन्द्रका नेताले बताएका छन्।

उनी जनयुद्धकालदेखि नै माओवादीमा सक्रिय नेता हुन्। उनकाे आज नै कर्णाली चिसापानीमा दाहासंस्कार गर्ने तयारी रहेकाे पारिवारिक स्राेतले जनाएकाे छ।

images
images
हुलाकी पत्र
images
SKIP THIS