images
images

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न गरेको छैनः माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले मुल्यवृद्धि नियन्त्रण गर्ने प्रयत्न नगरेको बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न नगरेको बताएका हुन्।

उनले दैनिक उपभोग्य वस्तुहरुको अन्धाधुन्ध रुपमा मूल्यवृद्धि भइरहेको बताए। मूल्यवृद्धि हुनुपर्ने कुनै औचित्य नहुँदा पनि मूल्यवृद्धि भइरहेको भन्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

उनले मूल्यवृद्धि नियन्त्रणको सम्बन्धमा एकीकृत समाजवादीले संसद् चल्दा संसदमा आवाज उठाइरहेको र संसद् नहुँदा पनि विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइरहेको उल्लेख गरे।

अध्यक्ष नेपालले माइतीघर मण्डलामा आन्दोलनरत शिक्षकहरुको न्यायोचित र जायज मागहरु पूरा गर्नुपर्ने बताए। उनले आवश्यक कुराहरु विधेयक संशोधन गरेर वा नीतिमा मिलाएर शिक्षकहरुलाई न्याय प्रदान गर्नुपर्नेमा जोड दिए।

images
images
हुलाकी पत्र
images
SKIP THIS