बिहीबार इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति पौडेलसहित विशिष्ट व्यक्तिहरु जुद्ध शालिकबाट पैदलै हनुमानढोका दरबार क्षेत्र पुगेका थिए।
‘सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले काठमाडौँ महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेहकल जोन (सवारी साधन निषेधित क्षेत्र) मा सवारी साधन प्रवेश गराइदिनु भएन,’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँहरुले जुद्ध शालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनु भो। हामीलाई विश्वास छ, यसबाट सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ।’
उनी अगाडि लेख्छन्, ‘सामान्यजस्तो लागे पनि काठमाडौँका सम्पदा संरक्षणमा यो अर्को फड्को हो। हाम्रो अनुरोधको परिवर्तनलाई स्वीकार गरिदिनु भएकोमा आभारी छौँ। हाम्रो सम्पदा, हाम्रो पहिचान।’