images
images

एमाले बागमती अधिवेशनः को को भए विजयी?

एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन्। शुक्रबार भएको चुनावमा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका उम्मेदवार ढुंगेल अध्यक्ष विजयी भएका हुन्।

ढुंगेलले ६९६ मत पाएका भने अध्यक्षका अर्का प्रत्याशी कृष्ण दाहालले ४३९ मत पाए।

त्यस्तै उपाध्यक्षमा दावा दाेर्जे लामा ६१५ मतसहित विजयी भएका छन्। दोर्जे ढुंगेल समूहका हुन्।

सचिवमा नवराज सिलवालले ५६८ मत पाएर विजयी भएका छन्। सचिवका अर्का प्रत्याशी हस्त पण्डितले ५६७ मत पाए। नवराज सिलवाल कृष्ण दाहाल समूहका हुन्।

त्यस्तै उपसचिव (महिला) मा भक्तकुमारी लामा ५९९ मतसहित विजयी भएकी छन्। लामा दाहाल समूहकी हुन्।

उपसचिव (पुरूष) मा प्रेम महर्जन ३६७ मतसहित विजयी भएका छन्। महर्जन ढुंगेल समूहका हुन्।

नेकपा एमाले बागमती प्रदेशको अधिवेशनमा एक हजार १३५ मत खसेको थियो। कुल मतदाता एक हजार १६८ जनामध्ये ३३ जना अनुपस्थित भएका थिए।

images
images
हुलाकी पत्र
images
SKIP THIS