images
images

प्रधानमन्त्री दाहाल स्वदेश फर्किए [ फोटाे फिचर सहित ]

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्।

चीन भ्रमणका क्रममा शुक्रबार छेन्दु पुगेका प्रधानमन्त्री प्रचण्ड त्यहीँबाट नेपाल फर्किएका हुन्।

छेन्दुमा उनलाई प्रधानमन्त्री प्रचण्डलाई सिचुवान प्रान्तका उपगभर्नर याङ चिनफिङ , नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, बेइजिङ र सिचुवानका विदेश मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुले छेन्दु विमानस्थलमा विदाई गरेका थिए।

उनी आज बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए। प्रधानमन्त्री प्रचण्डलाई  स्वागत गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पर्यटनमन्त्री सुदन किराती लगायत विमानस्थल पुगेका थिए।

भदौ ३० गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क गएका प्रधानमन्त्री प्रचण्ड त्यहीँबाट असोज ५ गते चीन गएका थिए।

images
images
हुलाकी पत्र
images
SKIP THIS