images
images

जिल्ला समन्वय समिति ओखलढुंगाका सभापतिको निधन

ओखलढुंगा — जिल्ला समन्वय समिति ओखलढुंगाका सभापति डिल्लीराम खनालको निधन भएको छ । ७३ वर्षीय खनालको आइतबार बिहान त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचारको क्रममा निधन भएको हो ।

उनी दुई वर्षदेखि प्यान्क्रियाजको क्यान्सर रोगबाट पीडित थिए । नेपाली कांग्रेसका पुराना नेता खनाल इमान्दार छवि भएका नेताको रुपमा परिचित थिए ।

images
images
हुलाकी पत्र
images
SKIP THIS