images
images

केन्द्रीय समिति सार्वजनिक भएपछि पहिलो बैठक बस्दै लोसपा

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक बस्ने भएको छ । मंगलबार सो पार्टीको पदाधिकारी बैठक बस्ने भएको हो ।

सो पार्टीको पदाधिकारीसहित नयाँ केन्द्रीय समिति सार्वजनिक भएपछि पहिलो बैठक बस्ने भएको हो । लोसपाले असोज ८ गते ३११ सदस्यीय केन्द्रीय कार्य समिति सर्वजनिक गरेको छ । जसमा ६३ जना पदाधिकारी रहेका छन् ।

लोसपाका सचिव मनिष मिश्रकाअनुसार पदाधिकारी चयन भएपछिको यो पहिलो बैठक बस्न थालेको हो । यो बैठकले पार्टी संगठन तथा समसामयिक विषयमा छलफल गर्ने उनले बताए ।

images
images
हुलाकी पत्र
images
SKIP THIS