
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना असिस्टेन्ट सबइन्जिनियरलाई घुस रकमसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१४ नम्बर वडा कार्यालयमा कार्यरत विजयालक्ष्मि पन्त छन्।
टंगालबाट खटिएको टोलीले गरेको स्टिङ अप्रेसनमा घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराएबापत २५ हजार घुस लिइसकेपछि पन्तलाई रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
उनलाई चन्द्रागिरि–११ सतुङ्गलस्थित एक खाजा पसलबाट नियन्त्रणमा लिइएको हो ।