images
images

सार्वजनिक खरिद ऐन विकास निर्माणका लागि सहज छैन : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन विकास, निर्माणका लागि सहज नभएको बताएका छन्।

सरकारको प्रतिनिधि भएर पनि आफूले सो ऐनबारे आलोचना गर्नुपरेको उनकाे गुनासो थियो। बुधवार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री ज्वालाले आफू अर्थ समितिमा रहेका बेला सो ऐन संशोधनका लागि दिएको सुझाव पनि कार्यान्वयनमा आउन नसकेको दाबी गरे। उनले सार्वजनिक खरिद ऐन विकास, निर्माणका लागि सहज नभएकाले नै आफूले सो ऐनको नयाँ ड्राफ्ट बनाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालसहितका सम्बन्धित निकायसँग छलफल गरी त्यसलाई अघि बढाउने काम गरेको बताए।

मन्त्री ज्वालाले भने, ‘अब यो कानूनी समस्या पनि छ । म आफैँ सरकारको एउटा प्रतिनिधि हो । म आफैले पनि बोल्नुपरेको छ ठाउँठाउँमा । सार्वजनिक खरिद ऐन चाहीँ वास्तवमा जो अहिले हामी त्यसबाट रुल गरिरहेका छौं । त्यो विकास निर्माणको निम्ति सहज छैन । म आफैँ अर्थ समितिमा हुँदाखेरी त्यो ऐन संशोधनका लागि तीन महिना त हामीले अध्ययन ग¥यौं । र, त्यसलाई सुधार गर्नका निम्ति सुझाव पनि दियौं । त्यो विधेयक हाम्रो समितिमा आएन, अर्कै समितिमा गयो । हाम्रा सुझाव काम लागेन । आज पनि यो विषयमा सम्माननीय प्रधानमन्त्रीज्युसँग । र, यसको नयाँ नै ड्राफ्ट गर्ने । पुरानोलाई डेन्टिङ, पेन्टिङ गर्नेतिर हामी जाँदैनौं । त्यो समग्रमै नयाँ सार्वजनिक खरिद ऐन ल्याउने गरी सरकारले छिटोभन्दा छिटो काम अगाडि बढाईरहेको छ । म यो जानकारी गराउन चाहन्छु ।’

मन्त्री ज्वालाले सार्वजनिक खरिद ऐन सम्बन्धि पूरानो विधेयक संशोधन गर्ने भन्दा पनि सरकारले नयाँ विधेयक बनाएर संसदमा छिटो पेश गर्ने तयारी गरिरहेको बताए।

images
images
हुलाकी पत्र
images
SKIP THIS