images
images

बझाङको भूकम्पबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा आकस्मिक बैठक आव्हान

असोज १७, काठमाडौं। मंगलबार बझाङ केन्द्रविन्दु बनाएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाउनुभएको छ।

बिहीबार बिहान प्रधानमन्त्रीले बोलाउनुभएको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनर्स्थापना लगायतका विषयमा छलफल हुनेछ।

बैठक बस्नुपूर्व बुधबार दिउँसो प्रधानमन्त्रीले बझाङ जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू बोलाएर भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिनुभएको छ।

images
images
हुलाकी पत्र
images
SKIP THIS