images
images

वैदेशिक रोजगारको लागि पठाइदिन्छु भन्दै ठगी गर्ने पाकिस्तानी र अजरबैजनी नागरिक पक्राउ

काठमाडौं- ठगी कार्यमा संलग्न पाकिस्तानी र अजरबैजनी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाकिस्तान रावलपिन्डीका हाल काठमाडौँ २६ ठमेल बस्ने ५१ वर्षीय नाजिर मुहम्मद र अजरबैजनकी  काठमाडौँ २६ ठमेल बस्ने ३१ वर्षीया आयसेल हुसेनिल रहेको काठमाडौँ अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले बताएका छन्।

पाकिस्तानी र अजरबैजनी नागरिकको साँठगाठ तथा मिलेमतोमा वैदेशिक रोजगारको लागि चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगल लगायतका देशमा पठाइदिन्छु भनि वर्कपरमिट लगायतका नक्कली कागजातहरू देखाई विश्वासमा पारी ठगी गर्ने योजना बनाइरहेको छ भने जाहेरीको आधारमा उनीहरु पक्राउ परेका हुन्।

प्रहरीले उनीहरुलाई ठमेलमा रहेको एक नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार प्रोसेसिङ गर्नको लागि लाग्ने चार्ज प्रतिव्यक्ति १००० डलर (नेपाली १,३३,०००) लिने गरेको, नक्कली अफर लेटर, वर्कपर्मिट, भिसा लगायतका कागजातहरू पठाई रकम पठाउन लगाउने गरेको, अन्दाजी नेपाली असी लाख रकम ठगि गरेको खुल्न आएको प्रहरीले जनाएको छ। पिडितहरुलाई बिश्वास दिलाउनको लागि अजरबैजानमा समेत लगि घुमाइदिएको खुल्न आएको प्रहरीले बताएको छ।

images
images
हुलाकी पत्र
images
SKIP THIS