images
images

चाडपर्वमा सर्वसाधारणलाई सहज र सुलभ यातायातको व्यवस्था गर्न सांसद माझीकाे माग

काठमाडौं, १७ असाेज ।

नजिक आइरहेको दशैं तिहार छठ लगायतका चाडपर्वमा सर्वसाधारणलाई सहज र सुलभ यातायातको व्यवस्था गर्न सांसदले माग गरेका छन् ।
संसद अन्तरगतकाे पुर्वाधार विकास समितिकाे बुधबारकाे बैठकमा प्रतिनिधिसभा सदस्य उर्मिला माझीले सर्वसाधारणकाे सुविधालाई सरकारले विशेष ध्यान दिनुपर्ने बताईन् ।
भाैतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाकाे समेत सहभागीता रहेकाे साे बैठकमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने उनले सडकको खाल्डाखुल्डी तत्काल पुर्नुपर्ने, यातायातका साधनकाे गति नियन्त्रण र नियमित गर्न राजमार्गमा सिसिटिभिकाे व्यवस्था गर्नुपर्ने विषयमा मन्त्रीकाे गम्भीर ध्यानाकर्षण गराएकी थिइन् ।

बैठकमा सांसदहरूले दशैकाे बेला सरकारले जनतालाई सुलभ यातायातको व्यवस्था गर्नकाे लागि मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । मन्त्री ज्वालाले यस विषयमा सरकारले गृहकार्य गरेर व्यवस्था गर्ने बताएका थिए ।

images
images
हुलाकी पत्र
images
SKIP THIS