२२ साउन । मान्डु हाइड्रोपावर लिमिटेडले श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि निष्कासन गरिएको साधारण सेयर बाँडफाँट भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले एक लाख ३६ हजार तीन सय ६४ कित्ता सेयर बाँडफाँट गरेको हो ।
सरकारको सम्बन्धित निकायवाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीको हकमा १० कित्तादेखि एक हजार पाँच सय कित्तासम्म आवेदन दिने १३ हजार ६ सय ३६ आवेदकलाई १० कित्ता र २० कित्तादेखि एक हजार पाँच सय कित्तासम्म आवेदन दिने पाँच हजार ६ सय ६५ जनामध्ये गोलाप्रथाबाट चारजनालाई थप चार कित्ता सेयर बाँडफाँट भएको क्यापिटलले जनाएको छ ।